प्रवास

दक्षिण कोरियाका नेपालीले पठाए ८० लाख बढीको औषधिजन्य सामग्री

Banner

काठमाडौं,चैत २८-

कोरोनाविरुद्धको अभियानका लागि लागि दक्षिण कोरियाका नेपालीहरुले नेपाललाई ४ हजार कोरोना टेष्टिङ किटसहित ८० लाखभन्दा बढीको औषधिजन्य सामग्री पठाएका छन् । सामान शुक्रबारै काठमाडौं आउँदैछ ।

कोरोना भाइरसबाट विश्व त्रसित भइरहेका बेला दक्षिण कोरियामा रहेका नेपालीले नेपालमा संक्रमण देखा पर्नुपूर्व नै सम्भावित जोखिमलाई ध्यानमा राखेर ‘एक व्यक्ति, एक हेल्थ किट अभियान’ सुरु गरेका थिए । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको संयोजन तथा स्वतन्त्र अभियन्ताहरुको सहकार्यमा अभियान शुरु गरिएको थियो ।

अभियान शुरु गरेको ४ दिनमै १४ करोड २६ लाख ३७ हजार ७७९ वोन अर्थात १ करोड ४० लाख ७९ हजार ७७५ रुपैयाँ संकलन भएको थियो । मातृभूमिमा परेको विपतको घडीमा सहभागी भई प्रतिव्यक्ति २० हजार वोन बराबरको किट खरिद गरी सहयोग गर्न कोरियावासी नेपालीहरुलाई एनआरएनएले आग्रह गरेको उपाध्यक्ष यदु लामिछानेले बताए ।

कोरियामा उत्पादित किटले कोरोना लागेरनलागेको तीन घण्टामा नतिजा दिन्छ । यसको मूल्य प्रतिकिट २० डलर पर्छ ।

नेपाल सरकारलाई कोरोना विरुद्धको संघर्षमा सहयोग पुर्‍याउन केही सामग्री औपचारिकरुपमा दक्षिण कोरियाका कार्यवाहक नेपाली राजदुत रामसिंह थापालाई विहीबार हस्तान्तरण गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>