चितवन विशेष

भरतपुर अस्पताल र कोरोना अस्पतालमा ‘कोरोना टेस्टिङ बुथ’

Banner

चितवन, चैत २७–

चितवनका दुई अस्पताल भरतपुर अस्पताल र भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा ‘कोरोना टेस्टिङ बुथ’ राखिएको छ । युवाहरुको संजाल ‘दारी ग्याङ’ चितवनले दुई वटा ‘कोरोना टेस्टिङ बुथ’ सहयोग गरेको हो । आज (बिहीबार) दुवै अस्पताल सो ‘कोरोना टेस्टिङ बुथ’ राखिएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका लागेका व्यक्तिको उपचारका लागि ‘कोरोना टेस्टिङ बुथ’ सहयोग गरिएको दारी ग्याङ चितवनले जनाएको छ । बिहीबार दारी ग्याङले भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी र प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीलाई हस्तान्तरण गरेको छ ।

चितवनको युवाहरूको यो समूहले ‘गालामा दारी काधमा जिम्मेवारी’ भन्ने नाराका साथ विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>