Breaking News
कोरोना भाइरस : २४ घण्टामा ६ हजार ३६९ को मृत्यु, कुन देशमा कती ?

काठमाडौं, २७ चैत–
चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण अहिले चीनमा धेरै नियन्त्रणमा आएको छ । आज पनि चीनमा नयाँ संक्रमण र मृत्यु देखिएको छैन भने उपचार गरेर घर फर्कंनेको संख्या बढेको छ । चीनमा अहिले १ हजार १९० जनामात्र अस्पतालमा उपचाररत छन् । ती मध्य १८९ जनाको अवस्था चिन्ताजनक छ । अरु सामान्य छन् ।
विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४०५ पुगेको छ ।
विश्वका २०९ देशमा फैलिएको कोरोनाबाट बितेको २४ घण्टामा मात्र ८२ हजार ३६७ नयाँ संक्रमित फेला परेका छन् भने ज्यान गुमाउनेको संख्या ६ हजार ३६९ छ ।
योसँगै कोरोना भाइरस संक्रमितको संख्या १५ लाख १३ हजार ३०४ पुगेको छ ।
संक्रमितमध्ये ३ लाख २९ हजार ७३१ जना उपचारपछि घर फर्किएका छन् । अहिले १० लाख ९५ हजार १६८ जना कोरोना भाइरसको उपचारका लागि अस्पताल तथा आइसोलेसनमा छन् ।
उपचाररतमध्ये ४८ हजार ७८ जनाको अवस्था चिन्ताजनक छ ।
कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा आजमात्रै २९ हजार ९३६ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ३० हजार २७१ पुगेको छ । बितेको २४ घण्टामा १ हजार ८९७ जनाले ज्यान गुमाउँदा अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ हजार ७३८ पुगेको छ ।
विश्वमा संक्रमितको संख्या सबैभन्दा बढी अमेरिकामा रहेपनि ज्यान गुमाउनेको संख्या भने इटालीमा सबैभन्दा धेरै रहेको छ । बुधबारसम्म इटालीमा ज्यान गुमाउनेको संख्या १७ हजार ६ सय ६९ पुगेको छ ।
इटालीमा एकैदिन ५४२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ६६९ पुगेको हो ।
इटालीमा एकैदिन ३ हजार ८३६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३९ हजार ४२२ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये २६ हजार ४९१ जना उपचारपछि निको भएका छन् । ३ हजार ६९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । ९५ हजार २६२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
स्पेनमा पछिल्लो २४ घण्टामा ७४७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ७९२ पुगेको छ ।
स्पेनमा एकैदिन ६ हजार २७८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार २२० पुगेको छ ।
स्पेनमा संक्रमितमध्ये ४८ हजार २१ जना उपचारपछि निको भएका छन् । ७ हजार ६९ जनाको अवस्था गम्भीर रहेको छ भने ८५ हजार ४०७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
फ्रान्सको स्वास्थ्य मन्त्रालयले नियमित तथ्याङ्क दिने क्रममा मंगलबार साँझसम्म जम्मा १ लाख १२ हजार ९५० जनामा संक्रमण पुष्टि भैसकेको जानकारी दिएको हो ।
कोरोनाभाईरसको कारण १० हजार ८ सय ६९ जनाको मृत्यु भैसकेको जानकारी दिएको छ। त्यस्तै, करिब २२ हजार संक्रमितहरु कोरोना भाइरसको सफल उपचारपछि घर फर्किसकेको पनि फ्रान्सको स्वास्थ्य मन्त्रालयले बताएको छ।
फ्रान्समा हाल करिब ८० हजार कोरोना भाइरसको संक्रमितको अस्पतालमा उपचार भैरहेको छ जसमध्धे ७ हजार १ सय ४८ जनाको अवस्था नाजुक रहेको छ।
बेलायतमा पछिल्लो २४ घण्टामा ९३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ हजार ९७ पुगेको छ ।
कोरोना भाइरसबाट संक्रमितको संख्या ६० हजार ७३३ पुगको छ । जसमा एकै दिन ५ हजार ४९१ जना संक्रमित भएको जनाइएको छ ।
बेलायतमा संक्रमितमध्ये १३५ जना उपचारपछि निको भएका छन् । १ हजार ५६९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ५३ हजार ५०१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सोमबार २४ घण्टामा मात्रै फ्रान्समा १०३२८ नयाँ कोरोनाभाइरस संक्रमित थपिएका थियो भने १४०७ जनाको मृत्यु भएको थियो जुन फ्रान्सको हालसम्मकै उच्च हो।
























