Breaking News

ट्रम्पले गरे डब्लुएचओको गम्भीर आलोचना, भने – अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्दिन्छु

Banner

काठमाडौँ, चैत २६-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कमजोर प्रयास गरेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को गम्भीर आलोचना गरेका छन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले डब्लुएचओको आलोचना गर्दै अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्ने चेतावनी दिएका हुन् ।

अमेरिकामा अहिले सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित छन् । तर ट्रम्पले भने विश्वमा धेरै संक्रमित भएको देश अरु नै कुनै रहेको बताएका छन् । ट्रम्प प्रशासनमाथि कोरोना भाइरसको संक्रमण रोक्का लागि पर्याप्त प्रयास गर्न नसकेको अभियोग लाग्दै आएको छ ।

विश्वको प्राथमिक स्वास्थ्य संगठनमाथि आक्रामक रुपमा प्रस्तुत भएका ट्रम्पले चेतावनी दिँदै भने, ‘डब्लुएचओका लागि दिइँदै आएको रकम रोक्ने तयारीमा छौँ । हामी अति प्रभावकारी रुपमा सहयोग रोक्का गर्दै छौँ ।’

कोरोना भाइरसबाट उत्पन्न हुने खतराको सामनाका लागि पर्याप्त काम गर्न नसकेको अभियोग ट्रम्पले डब्लुएचओमाथि लगाएका हुन् ।

ट्रम्पले भने, ‘उनीहरुले यसलाई खराब तरिकाले ह्याण्डल गरे । दे कल इट रङ्ग । दे रिअल्ली मिस्ड द कल ।’

ट्रम्पले अमेरिकामा अहिले फैलिएको कोरोना भाइरसको महामारीका लागि डब्लुएचओले आफूलाई दिएको गलत सूचना रहेको आरोप लगाउने प्रयास गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>