चितवन विशेष
चितवनका अस्पतालका लागि चितवन चेम्बरले दियो १० हजार मास्क
०

चितवन, चैत २५–
चितवन चेम्बर अफ कमर्सले कोरोना संक्रमण जोखिम कम गर्नका लागि मास्क सहयोग गरेको छ । आज चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईमार्फत विभिन्न अस्पतालमा प्रयोग गर्ने गरी १० हजार मास्क सहयोग गरेको चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको मास्क विभिन्न स्थानीय तह तथा जिल्ला प्रहरी कार्यालय चितवनलाई प्रदान गरिएको श्रेष्ठले जानकारी दिए । कोरोना भाइरसको जोखिममा काम गरिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुका लागि ती मास्क सहयोग गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठका साथमा महासचिव बालकुमार श्रेष्ठ, सचिव मनोज विस्ट, सदस्यद्वय गौरीश्वर सापकोटा र सुदीप रेग्मी उपस्थित थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























