Breaking News
चितवनमा आज १२ जनाको कोरोना परीक्षण हुँदै
०

चितवन, चैत २५–
भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (मंगलबार) १२ जनाको नमुना परीक्षण हुँदैछ ।
भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले विभिन्न क्षेत्रबाट नमुना संकलन गरी प्रयोगशालामा पठाएको हो । कोरोना अस्पतालका अनुसार सोही अस्पतालमा उपचाररत ५ जना, नवलपुरको मध्यविन्दु अस्पतालको २ जना, गुञ्जमान सिंह हस्पिटल रत्ननगर टाँडीबाट एक जना र भरतपुर अस्पतालबाट ४ जनाको नमुना परीक्षणका लागि पठाइएको जनाएको छ ।
हिजो पहिलोपटक गरिएको परीक्षणमा २१ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























