Breaking News
वैशाख ३ गतेसम्म लकडाउन थप गर्ने सरकारको निर्णय

काठमाडौं, चैत २४–
सरकारले लकडाउनको अवधि तेस्रो पटक थप गरेको छ । आज (सोमबार) अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन थप गर्दै लकडाउनको समायवधि वैशाख ३ गतेसम्म पु¥याएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि पहिलोपटक लकडाउन घोषणा गरेको थियो । त्यो अवधि पूरा नहुँदै सरकारले दोस्रोपटक अवधि थप्दै २५ गतेसम्म पु¥याएको थियो। त्यो अवधि भोलि (मंगलबार) सकिदै थियो । तर यसअवधिमा झन कोरोना संक्रमित बढ्दै दोस्रो स्टेजमा प्रवेश गरेपछि सरकार बाध्यभएर लकडाउनको अवधि बढाएको हो । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरि सकेको छ । सोही अनुरुप एक स्थानीय तहबाट अर्को स्थानीय तहमा, एक जिल्लाबाट अर्को जिल्ला प्रवेश र एक प्रदेशबाट अर्को प्रदेश जान पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको थियो ।
नेपालमा हाल ९ जनामा कोरोना संक्रमित बिरामी भेटिएका छन् । जसमध्ये एक जना उपचारपछि निको भइसकेका छन् । नेपालमा पछिल्लो समय सुदूरपश्चिममा कोरोनाले समस्या बनाइरहेको छ । भारतबाट हजारौं मानिस प्रवेश गरेसंगै सुदूरपश्चिम बढी संवेदनशील बनेको छ । सोही अनुरुप सुदूरपश्चिम सरकारले समेत संघीय सरकारलाई लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।
























