Breaking News
चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु
०

चितवन, चैत २४–
चितवनमा आज (सोमबार) दिउँसो गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएको बेलसार मध्यवर्ती सामुदायिक वनमा गैंडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२२ बोटे टोलमा बस्ने ४० वर्षीय पूर्णबहादुर कुमालको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए । कुमाल निउरो साग टिप्न वन गएका थिए । उनको शव घटनास्थलमै रहेको छ ।
चितवनमा वर्षेनी गैंडाको आक्रमणबाट स्थानीयले ज्यान गुमाउने गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























