Breaking News

१२ वर्षअघिको विश्व वित्तीय संकटभन्दा पनि खराब अवस्थामा विश्व अर्थतन्त्र

Banner

काठमाडौं, चैत २३-

कोरोना भाइरस महामारीले अन्तर्राष्ट्रिय मुद्रा कोषले संसारभरको अर्थब्यवस्थालाई संकटमा पुर्‍याएको जनाएको छ । सिंगो संसारका लागि अहिलेको अवस्था १२ वर्षअघिको विश्व वित्तीय संकट (२००८) भन्दा पनि खराब भएको मुद्रा कोषले उल्लेख गरेको छ ।

मुद्रा कोषले अहिलेको संकटलाई ‘मानवताका लागि अन्धकारमय समय’ भनेको छ ।

मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टिलिना जर्जिवाले विकसित देशहरुले उदीयमान अर्थतन्त्रलाई सहयोग गर्नुपर्ने बताएकी छन् । उनले यसरी गरिएको सहयोगबाट उदयमान अर्थतन्त्रहरुले आर्थिक चुनौतीलाई पार लगाउँदै महामारीबाट पनि उम्किन सहयोग पुग्ने बताइन् ।

उनले बताएकी छिन् ‘अहिलेको संकट पहिले पनि भोगिएका संकटहरुभन्दा निकै भिन्न छ,’ करिब ४०० पत्रकारलाई भिडियो कन्फ्रेन्सबाट सम्बोधन गर्दै उनले भनिन्, ‘हामीले यसअघि पनि विश्व आर्थिक संकट देखेका थियौं । अहिले भने हामी मन्दीमा प्रवेश गरेका छौं । यो सन् २००८ को वित्तीय संकटभन्दा पनि निक्कै खराब छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>