इच्छकामना

चितवनको इच्छाकामनामना दुई घर जलेर नष्ट, दुई परिवार बिचल्लीमा

Banner

मुग्लिन, चैत २३–

चितवनमा आगलागीबाट घर जलेर नष्ट हुदाँ दुई परिवार बिचल्लीमा परेका छन् । शनिबार बेलुका ४ बजेको समयमा चितवनको विकटमा रहेको इच्छाकामना गाउँपालिका–६ तुन्तेषमा कुलबहादुर घर्ती र चन्द्रबहादुर घर्तीको घर जलेर नष्ट भएपछि उनीहरुको परिवार बिचल्लीमा परेका हुन् ।

घरमा रहेको सोेलार सर्ट भई दुईवटै घर पूर्णरूपमा जलेर नष्ट भएको स्थानीय यामबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट के–कति क्षति भयो यकिन नभए पनि घरमा रहेका खाद्यान्न कपडालगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ । अहिले उनीहरु छिमेकीको घरमा बसेका छन् । वडाध्यक्ष भुपेन्द्र चेपाङले पनि आगलागी भएको खबर आएको बताउनुभयो । विकटमा रहेका कारण आइतबार मात्र सो स्थानमा पुगी क्षतिको विवरण सङ्कलन गरिने बताउनुभयो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>