चितवन विशेष

कोरोना परीक्षणका लागि चितवनबाट १५ नमूना हेटौंडा पठाइयो

Banner

चितवन, चैत २२–

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षणका लागि चितवनबाट आज (शनिबार) १५ जनाको स्वाब हेटौंडा पठाइएको छ ।

भरतरपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट १२ र अन्य अस्पतालका तीन गरी १५ जनाको स्वाब कोरोना परीक्षणका लागि हेटौंडा पठाइएको कोरोना अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिए ।

भरतपुरमा स्थापना गरिएको कोरोना परीक्षण ल्याब पूर्ण रुपमा संचालनमा आइनसकेकोले नमुना परीक्षणका लागि हेटौंडा पठाइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>