Breaking News

कोरोनाले विश्वभर ५९ हजार बढीको मृत्यु, १० लाख ९७ हजार बढि संक्रमित

Banner

एजेन्सी,चैत २२-

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १० लाख ९७ हजार ८१० जनामा पुगेको छ । यो संक्रमणबाट ५९ हजार १४० जनाले ज्यान गुमाएका छन् । संक्रमतिमध्ये २ लाख २८ हजार ४०५ जना उपचारपछि निको भएर घर फर्किएको सुखद खबर छ ।

अहिले ८ लाख १० हजार २६५ जना कोरोना संक्रमितको विश्वका विभिन्न देशका अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ३९ हजार ४३९ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २०५ देशमा पुगेको छ । यसको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा अहिलेसम्म २ लाख ७६ हजार ९६५ जना संक्रमित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>