Breaking News

भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीसहित पाँचै जनाको कोरोना रिपोर्ट नेगेटिभ

०
Banner

चितवन, चैत २१–

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएकी एक युवतीसहित चितवनबाट पठाइएको पाँच जनाकै कोरोना भाइरस (कोभिड–१९) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

भरतपुर कोरोना अस्पतालबाट पठाइएको चार जना र आज मृत्यु पश्चात भरतपुर अस्पतालबाट पठाइएको ती युवतीको स्वाब परीक्षणको क्रममा रिपोर्ट नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले जनाएको छ ।

बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएका राईको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको थियो। कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>