Breaking News

पोखरामा नयाँ कोरोना संक्रमित भेटिएको छैनः स्वास्थ्य मन्त्रालय

Banner

काठमाडौं,चैत २१-

पोखरामा कुनै पनि नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी गराएका हुन्। पोखरामा सातौं संक्रमित देखिएको समाचार बाहिरिएपछि मन्त्रालयले यस्तो स्पष्ट पारेको हो।

पोखरामा आजसम्म कुनै पनि संक्रमित फेला परेका छैनन् डा देवकोटाले भने। उनका अनुसार शुक्रबार सवा ४ बजेसम्म १२ सय ७७ जनाको कोरोना परीक्षण गरिएको छ।

यसअघिगण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पनि कुनै पनि नयाँ संक्रमित नभेटिएको स्पष्ट पारेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>