Breaking News

अष्ट्रेलियाका प्रधानमन्त्रीले भनेः आफ्नै कमाइले टिक्न नसक्ने विद्यार्थी आफ्नै देश जानु

Banner

काठमाडौं,चैत २१-

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियाको भ्रमण रहेका अन्तर्राष्ट्रिय पर्यटक र विद्यार्थीलाई आफ्नो मुलुक फर्किन आग्रह गरेका छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै भने, अस्ट्रेलियामा पर्यटक आउनु एकदम प्रिय कुरा हो । तर, यो कठिन परिस्थिति हो । त्यसकारण यो बेला तपाईं घर फर्किँदा राम्रो हुन्छ । तपाईं आफ्नो मुलुकमा हुँदा तपाईंले सरकारबाट उपलब्ध हुने सुविधा पनि प्राप्त गर्न सक्नुहुन्छ ।

उनले अहिले अस्ट्रेलियाले आफ्ना नागरिकलाई बढी ध्यान दिएकोसमेत बताए । उनले भने, अहिले कोरोना संक्रमणको संकटका बेला अस्ट्रेलियाले आफ्‍ना नागरिक र यहाँका बासिन्दालाई बढी ध्यान दिनुपरेको छ ।

प्रधानमन्त्री मोरिसनले आफ्नै कमाइले टिक्न नसक्ने विभिन्‍न मुलुकबाट विद्यार्थीहरुलाई समेत आआफ्नै मुलुक फर्किने बेला भएको बताएका छन् । उनले भने, अस्ट्रेलियामा आएर पहिलो वर्ष अध्ययन गरिरहेका विद्यार्थीहरु जसले आफ्नो पढाइलाई एक वर्षसम्म धान्‍न सक्दैनन् । उनीहरुका लागि आफ्नो घर फर्किने विकल्प पनि छ ।

अस्ट्रेलियामा अहिले कोरोना संक्रमितको संख्या पाँच हजार २२४ छ भने २७ जनाको मृत्यु भएको छ । -हफिङटन पोस्ट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>