Breaking News

डब्लुएचओ भन्छ : ७४ देशले कोरोना भाइरसको खोप परीक्षण गरिरहेको छ

Banner

जेनेभा, चैत २०-

विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोरोनाविरुद्धको औषधि र खोप निर्माणमा विश्वभरका देशले राम्रो काम गरिरहेको जानकारी गराउँदै हालसम्म ७४ देशले कोरोनाविरुद्धको खोप परीक्षण गरिरहेको जनाकारी दिएको छ ।

दुईसय जना कोरोना संक्रमितमा खोपहरु परीक्षण भएको र त्यसको नतिजा आउन बाँकी रहेको डब्लूएचओले बताएको छ । नतिजासँगै कुन औषधि कोरोनाविरुद्ध प्रभावकारी रहेछ भन्ने थाहा हुनेछ ।

बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै डब्लूएचओका प्रमुख डाक्टर टेडरोस एडह्यानम गेब्रिएसुसले आउँदो केही दिनमै विश्वमा कोरोना संक्रमित १० लाख पुग्ने र यस भाइरसका कारण ५० हजारको मृत्यु हुने चेतावनी दिए ।

तीन महिना अगाडि कोभिड १९ को बारेका केही थाहा नभएको विश्वले कोरोनाको प्रभाव थाहा पाइसकेको र यसबाट बच्ने उपाय अबलम्ब सबै देशले गर्नुपर्ने गेब्रिएसुसले बताएका छन् ।

यसैबीच डब्लुएचओ, विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>