Breaking News

कोरोनाका बिरामीका लागि भरतपुर अस्पतालमा आइसियू तयार, उपचारका लागि पूर्णरुपमा तयार छौंः मेसु (भिडियोसहित)

०
Banner

चितवन, चैत १९–

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नदेखिदै पाँच बेडको आइसोलेसन तयार पारेको भरतपुर अस्पतालले थप उपचारमा कठिनाइ नहोस् भन्नका लागि आफ्नो तयारी बढाउँदै गएको छ ।

कोरोना संक्रमणको बिरामी चितवनमा देखिएकोमा खण्डमा अस्पतालले स्तरीय सघन कक्ष (आइसियू) तयार पारेको छ । बिरामीको संवेदनशीलतालाई ध्यानमा राखेर अस्पतालले १० बेडको आइसियू कक्ष संचालनमा ल्याएको हो । अस्पतालमा हाल ३० बेडको आइसोलेसन वार्ड मात्रै थियो । तर संक्रमित बिरामी आइहाले उपचारमा सहजताका लागि अस्पतालले नयाँ भवनको भुईतलामा सुविधासम्पन्न आइसियू संचालनमा ल्याएको हो । सो आइसियू कक्षमा सुरुवाती चरणमा तीन वटा भेन्टिलेटर समेत जडान गरिएको छ ।

सोही आइसियूका लागि संघीय सरकारसंग थप १० वटा भेन्टिलेटर माग गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा.श्रीराम तिवारीले जानकारी दिए । डा.तिवारीले नारायणी अनलाइनसंग भने–‘हामीसंग भएका तीन वटा भेन्टिलेटरसहितको आइसियू तयार पारेको छौं, संघीय सरकारसंग थप भेन्टिलेटर मागर गरेका छौं, चीनबाट आउने भेन्टिलेटर सहयोग गछा्रै भनेको छ ।’

अस्पतालले यसअघि सुरुवाती चरणमा ५ बेडको आइसोलेसन वार्ड बनाएको थियो । त्यसलाई बढाएर ३० बेडको पुर्‍याएको छ । तर त्यतिले मात्र प्रयाप्त नभएपछि संक्रमित बिरामीको अवस्थालाई मध्यनजर गर्दै छुट्टै आइसियू कक्ष निर्माण गरिएको अस्पतालले जानाएको छ । कोरोना संक्रमित बिरामीका लागि अस्पतालले छुट्टै चिकित्सकहरुको टिम समेत तयार पारेको छ । भरतपुर अस्पतालमा हालसम्म २० जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएकोमा सबैमा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण आशंका गरिएका बिरामी र संक्रमित पुष्टि भएका बिरामीका लागि भरतपुर अस्पतालले कसरी उपचारको प्रक्रिया अघि बढाएको छ ? हेर्नुहोस् मेसु डा.श्रीराम तिवारीसंग गरिएको कुराकानी ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>