समाज
लकडाउनका बेला नेपाल फर्कने क्रममा भारतमा १ नेपालीको मृत्यु
०

दार्चुला,चैत १९-
भारतीय राज्य उत्तराखण्डको मदकोटमा एक जना नेपालीको पुलबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको मार्मा गाउँपालिका–२ ठूलथला घर भएका ४२ वर्षीय अगबगरसिंह ठगुन्ना छन् । दैनिक मजदुरीका लागि भारत गएका ठगुन्ना आफ्ना अन्य सहकर्मीसँगै घर फर्किन लागेका थिए । तर, मंगलबार मदकोटमा रहेको झोलुङ्गे पुलबाट खसेर उनको मृत्यु आफन्त प्रमानन्द ठगुन्नाले जानकारी दिएका छन् ।
आफन्तहरुले ठगुन्नाको मृत्यु भएको बताए पनि स्थानीय प्रशासनमा त्यसबारे कुनै खबर नपुगेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेन्द्रबहादुर शाहीले ठगुन्नाको मृत्यु भएको बारे खबर प्राप्त नभएको बताएका छन् । मृतकका आफन्तहरुले भने शव ल्याउनका लागि भए पनि नेपाल भारत सीमाको पुल खोलिदिन अनुरोध गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























