देश/प्रदेश

सरकारको सय दिनः धनुषाबासीको मिश्रित प्रतिक्रिया, प्रदेश खारेज नगर्न सुझाव

Banner

सञ्जय कुमार यादव,

धनुषा, असार २०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नेतृत्वमा बनेको सरकारले १०० दिन पूरा गरेको छ । देशभरबाट भारी मत प्राप्त गरेर बनेको सरकारसँग नेपालीहरुले ठूलो अपेक्षा राखेका छन् ।

१०० दिनको नीति सार्वजनिक गर्दै अगाडि बढेको सरकारबारे जनताहरुको मिश्रित प्रतिक्रिया छ । मधेस प्रदेशको धनुषाका सर्वसाधारण, व्यवसायी र अभियन्ताहरुले बालेन्द्र शाह नेतृत्वको सरकारप्रति विभिन्न प्रतिक्रियाहरु दिएका छन् ।

थोरै समयमा धेरै अपेक्षा भएका कारणले अधिकांश धनुषावासी असन्तुष्ट नै देखिएका छन् । सरकारले गरेको काम राम्रै भएपनि अपेक्षा अनुसारको नभएको उनीहरुको भनाइ छ ।

रास्वपाले आफ्नो चुनावी अभियानका क्रममा जनकपुरधाममा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति र हालको कार्यशैलीप्रति स्थानीय व्यवसायी बढी असन्तुष्ट छन् ।

भारतसँगको सीमा नजिक भएका कारण यहाँका सर्वसाधारण र व्यवसायीहरु पनि भारतीय बजारमा किनमेल गर्न बढि रुचाउँछन् । तर सरकारले सीमाबाट ल्याउने सामानमा कडाई गरेपछि विशेषगरी मझौला व्यवसायीहरु बढी असन्तुष्ट छन् ।

जनकपुरधाम–४ का स्थानीय व्यवसायी गोपाल साह भन्छन्,‘सरकारले लगाएको विभिन्न करहरुका कारण महगी बढेको छ, व्यापार झन विग्रिदोँ अवस्थामा पुगेको छ । सरकारले साना व्यापार गर्नेहरुका लागि सोच्नुपर्ने आवश्यकता छ ।’

साहका अनुसार सरकारले गरीबहरुको वस्ती तोड्नु भन्दा पहिला अन्यत्र व्यवस्था मिलाएर स्थानान्तरण गरेको बेस हुन्थ्यो । पहिला वस्ती तोडेर अनि मात्र अर्को स्थानमा लैजानु गलत भएको उनको भनाइ छ ।

यता, जनकपुरधामका सामाजिक अभियन्ता एवम युवा सशील कर्णका अनुसार रास्वपा नेतृत्वको सरकारसँग व्यापक असन्तुष्टि भएपनि अपेक्षा पनि उत्तिकै रहेको छ ।

उनले शिशु जन्मेको तीन महिनामा उसको भविष्यबारे बताउन नमिल्ने उदाहरण दिँदै सरकारलाई अहिले अझ काम गर्न दिनुपर्ने बताउँछन् ।

सरकारले गरेको केही निर्णयहरु गलत भएको अयिभन्ता कर्णको भनाई छ । उनले विद्युतमा लगाइएको करको विरोध गरेका छन् । आगामी दिनमा शिक्षा, स्वास्थ्य, भ्रष्टाचार न्यूनिकरणमा सरकारले गम्भिर भएर काम गरोस भन्ने कर्णको अपेक्षा रहेको छ ।

त्यस्तै, जानकी चोकका नवीन कुमार साहका अनुसार सरकारको कामकाजबारे अहिलेनै कुनै टिप्पनी गर्ने समय आएको छैन । उनले सरकारको कामको समिक्षा गर्न अझै कामहरु हेर्नुपर्ने बताए ।

नेपालको संविधान विश्वकै सबैभन्दा राम्रो संविधान भनिएकोमा यो कागजमा मात्र सिमित रहेको स्थानीय साहको भनाई छ । उनले सबैभन्दा धेरै भ्रष्टाचार नेपालमै हुने गरेकाले यसको नियन्त्रण कसरी हुन्छ हेर्न बाँकी रहेको बताए ।

त्यस्तै, जनकपुरधाम २ का स्थानीय रामबाबु यादवका अनुसार सरकारको प्रशासनिक कार्यहरु राम्रो रहेको छ । बजेट निर्माणलगायतका प्रशासनिक कार्यहरुमा सरकारले राम्रै काम गर्दै आएको यादवको भनाई छ ।

तर मधेश प्रदेशलाई केन्द्रित गरेर सरकारले अझः बढी कामहरु गर्नुपर्ने उनको भनाई छ । रास्वपाका नेताहरुले प्रदेश खारेजीको कुरा गर्नु नराम्रो रहेको उनको भनाई छ । प्रदेश खारेजीको कुरा गरे रास्वपाको पतन हुनेमा कुनै शंका नरहेको स्थानीयवासी यादव बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>