Breaking News

हेटौंडामा आज (बुधबार)देखि कोरोना परीक्षणको तयारी

Banner

हेटौंडा, चैत १९–

वागमती प्रदेशको राजधानी हेटौंडामा आज (बुधबार)देखि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण हुने भएको छ ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा बुुधबार अपरान्हदेखि कोरोना भाइरस परीक्षण गर्न लागिएको हो । संघीय सरकारले चीनबाट ल्याएको परीक्षणका लागि किट, औषधि, स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने पीपीई मंगलबार राति आइपुगेपछि आज परीक्षणको तयारी थालिएको हो ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले बुधबार ३ बजेदेखि कोरोना परीक्षण हेटौंडामा हुने जानकारी दिए ।

भाइरस, ब्याक्टेरिया, प्यारासाइटहरूको प्रजाति अध्ययन गर्न र भाइरसको स्वरूप परिवर्तनबारे बुझ्न हेटौंडामा पाँच वर्षअघि आधुनिक पोलिमेयर चेन रियाक्सन ल्याब (पीसीआर) स्थापना गरिएको थियो । उक्त ल्याब सञ्चालन गर्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयको विज्ञ टोली शनिबार आएर पीसीआरको अध्ययन एवं अवोलकन गरेका थिए ।

हेटौंडा उपमहानगरपालिका—१० मा २०३५ सालमा स्थापना भएको उक्त केन्द्रमा २१ जना दरबन्दी रहेकोमा प्राविधिकसहित १६ जना कार्यरत छन् । कार्यालय प्रमुख डा. यदुचन्द्र घिमीरे दुई साताअघि सरुवा भएर अन्यत्र गएपछि केन्द्र प्रमुखविहीन रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>