अन्तर्राष्ट्रिय

कोरोना भाइरसका कारण लण्डनमा १३ वर्षे बालकको मृत्यु

Banner

एजेन्सी,चैत १९-

लण्डनमा कोरोना भाइरसबाट संक्रमित भएका १३ वर्षका बालकको मृत्यु भएको छ। दक्षिणी लण्डनको ब्रिक्सटनका १३ वर्षे इस्माइल मोहमम्द अब्दुल्वाहबको कोरोना भाइरसबाट संक्रमित भएपछि मृत्यु भएको लण्डन हस्पिटल ट्रस्टले बताएको छ । उनको किङ्गस कलेज हस्पिटलमा सोमबार बिहानै मृत्यु भएको हो ।

उनी कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा मृत्यु हुने मध्ये सबैभन्दा कम उमेरका व्यक्ति रहेको बताइन्छ । बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण १७ सय ८९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या बेलायतमा २५ हजार १५० पुगेको छ ।

मृत्यु भएका बालकको परिवारले उनमा कुनै पनि गम्भीर स्वास्थ्य समस्या नरहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>