समाज
विहानै लकडाउन उल्लंघन गर्ने ११५८ जना पक्राउ
०

काठमाडौं,चैत १९-
विश्वभर महामारीका रुपमा फैलिकएको कोरोनाभाइरसको भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज नवौं दिन । काठमाडौं उपत्यका लगायत मुलुकका मुख्य शहर सुनसान छन् ।लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।
आज बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ५८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा ९ सय ९० जना पुरुष र १ सय ६८ जना महिला रहेको प्रहरीले जनाएको छ । त्यसैगरी लकडाउनको उल्लंघन गर्ने १ सय ५३ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँनडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ । लकडाउनका कारण मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























