चितवन विशेष
भरतपुर कोरोना अस्पताललाई उवासंघ–चितवनको मास्क सहयोग

चितवन, चैत १८–
उद्योग वाणिज्य संघ-चितवनले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई आज (मंगलबार) मास्क सहयोग गरेको छ ।
संघले भरतपुर महानगरपालिकाका प्रमुख एवंम् कोरोना अस्पतालका संयोजक रेनु दाहाललाई मास्क हस्तान्तरण गरेको हो । उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष मित्रराज दवाडी र संघका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रुपमा मास्क हस्तान्तरण गरेको संघका वरिष्ठ कार्यक्रम अधिकृत निलबहादुर केसी जानकारी दिए ।
मास्क हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठले विश्व कोरोना भाइरसको महामारीले आक्रान्त भएको बेलामा संघले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर मास्क हस्तान्तरण गरेको बताउँदै स्थानीय निकायसंग समन्वय गरी विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु पनि वितरण गर्न लागिएको जानकारी दिए । उनले चितवनमा खाद्यान्न आपूर्ति व्यवस्थालाई सहज गराउनमा संघ लागी रहेको बताए । संघले हाललाई २५० थान N 95 मास्क हस्तान्तरण गरेको संघका उपाध्यक्ष चिरञ्जिवि सुवेदीले बताए ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघको सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै यो विपत्तिबाट मुक्ति पाउनका लागी सवैको सहयोग अमूल्य रहने बताइन् । उनले सबै आफ्नो घरमा बस्नुनै सरकारलाइ सहयोग गर्नु भएकोले सबैलाई सुरक्षित रहन अनुरोध गरिन् ।
मास्क हस्तान्तरण कार्यक्रममा भरतपुर कोरोना (अस्थायी) अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारी, चिकित्सक संघ नेपालका उपाध्यक्ष डा. अनिलविक्रम कार्की, उवासंघ चितवनका उपाध्यक्ष चिरञ्जिवि सुवेदीलगायतको उपस्थित रहेको थियोे ।























