Breaking News

भरतपुर अस्पतालको अध्यक्षमा डा. भोजराज अधिकारी नियुक्त

Banner

चितवन,चैत १८-

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा डा.भोजराज अधिकारी नियुक्त भएका छन् ।

भरतपुर अस्पताल केन्द्रीय अस्पतालको मातहतमा गएपछि पहिलोपटक अध्यक्ष नियुक्ती गरिएको हो । डा.अधिकारीले नारायणी अनलाइनसंग कुराकानी गर्दै भने–‘अस्पताल संघीय अस्पतालको मातहतमा गएपछि अध्यक्षमा मलाई नियुक्ती गरिएको जानकारी पाएको छु ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (मंगलबार) मन्त्रीस्तरीय निर्णय गर्दै डा.अधिकारीलाई आज अध्यक्षमा नियुक्त गरेको हो । डा.अधिकारीको कार्यकाल तीन वर्षको रहने छ । डा.अधिकारी सोही अस्पतालमा वरिष्ठ फिजिसियनको रुपमा कार्यरत छन् ।

उनी युवापुस्ताका चर्चित चिकित्सकको रुपमा छवि बनाएका छन् । सबैसंग घुलमिल हुन सक्ने क्षमता भएका डा.अधिकारीले भरतपुर अस्पताललाई अबदेखि हाक्ने छन् । डा.अधिकारी हाल विश्वभर कोरोना भाइरस (कोभिड–१९)को माहामारी फैलिरहेको बेला चितवनमा स्थापना गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको प्रवक्ताको जिम्मेवारी सम्हाली रहेको छन् ।

यस्तै अस्पताल विकास समितिको सदस्यहरुमा शिक्षाविद रमाकान्त सापकोटा, केशव देवकोटा र रमा घिमिरे नियुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>