चितवन विशेष
लकडाउनको सातौं दिनः चितवनमा ७४ जनालाई गरियो ‘होल्ड’
०

चितवन, चैत १७–
चितवनमा सरकारले लगाएको ‘लकडाउन’ उल्लंघन गर्ने ७४ जनालाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइहरुले ७४ जनालाई कारवाही स्वरुप ‘होल्ड’ गरेर राखेको हो ।
उनीहरुलाई विभिन्न होल्डिङ स्थानमा दिनभर होल्ड गरेर बेलुका छोडिएको प्रहरीले जनाएको छ । उनीहरुलाई लकडाउनको अवधिमा उल्लंघन नगर्ने शर्तमा छोडिएको प्रहरीले जनाएको छ । होल्ड गरिएकाहरुमा ७२ जना पुरुष र २ जना महिला छन् । यस्तै प्रहरीले ५१ वटा सवारीलाई नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















