Breaking News
भरतपुर कोरोना अस्पतालबाट ११ जनाको नमुना काठमाडौं पठाइयो
०

चितवन, चैत १७–
भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट आज (सोमबार) कोरोना परीक्षणका लागि ११ जनाको नमुना (स्वाब) काठमाडौं पठाइएको छ ।
कोरोना आशंका गरिएका बिरामीको आज स्वाब संकलन गरी आज नै काठमाडौं पठाईएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिए । नमुना पठाइएका मध्ये एक जना बालिकाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको उनले जानकारी दिए । यसअघि नमुना पठाइएका तीन जनाको रिपोर्ट आउन बाँकी रहेको डा.अधिकारीले बताए । यस्तै यस अस्पतालमा आज १३ जना बिरामी भर्ना भएको डा.अधिकारीले जानकारी दिए ।
यस अस्पतालमा आज (सोमबार) एकै दिन २८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । कोरोना आशकामा अस्पताल पुगेका बिरामीहरुको परीक्षण गरिएको हो । अस्पतालको सेवा सुरु भएदेखि हालसम्म २२४ जनाको स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























