विचित्र संसार

कोरोनाले आफन्त आउन नपाएपछि हिन्दुको शव मुस्लिमले बोके

Banner

एजेन्सी,चैत १७-

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सामना गर्न भारतमा यतिबेला २१ दिन लामो लकडाउन जारी छ।
मानिसहरु कोरोना भाइरसको त्रासका कारण घरबाहिर निस्किएका छैनन्। डर यतिसम्म बढेको छ कि कसैको मृत्यृु हुँदा मलामी त परको कुरा शवलाई काँध दिने मान्छेसमेत भेटिन मुस्किल भएको छ। भारत उत्तर प्रदेशको बुलन्दशहरको एउटा यस्तै घटना सार्वजनिक भएको छ। जृुन घटना यतिबेला भारतभर हिन्दु–मुस्लिम एकताको उदाहरण बनेको छ।

शनिबार बुलन्दशहरको आनन्द विहारमा बस्ने हिन्दु परिवारका रवि शंकरको निधन भयो। उनको निधनपछि दाहासंस्कारका लागि लैजान शवलाई काँध दिने कोही भएनन्। कोरोनाको त्रासका कारण आफन्त नआएपछि उनका छोरा एक्लै भए।

उक्त घटना थाहा पाएपछि केही मुस्लिम समुदायका मानिसहरु आएर शवलाई काँध दिए। अन्तिम संस्कारमा संलग्न भए।
उक्त क्षेत्रमा मुस्लिम समुदायको बसोबास बढी छ। मृतक रवि शंकरका छोराले बुवाको निधनपछि आफन्त, साथीभाइ तथा छिमेकीलाई खबर गरेका थिए। तर कोही पनि गएनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>