Breaking News

स्वास्थ्यकर्मीलाई पीपीइ छैन, राप्तीका जनप्रतिनिधि पीपीइ लगाएर हिड्छन्

Banner

चितवन, चैत १७–

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) बिना नै बिरामी जाँच्नु पर्ने बाध्यता भइरहेको बेला चितवनको राप्ती नगरपालिकामा भने खुलमखुल्ला जनप्रतिनिधिले पीपीइ लगाएर फोटो खिचाउँदै रमाइलो गर्न थालेका छन् ।

चितवनमा चिकित्सकहरुलाई नै पीपीइ अभाव भइरहेका बेला राप्तीका जनप्रतिनिधिले भने बल्ल बल्ल आएको पीपीइ दुरुपयोग गरेको भेटिएको छ । राप्तीकी कार्यपालिका सदस्य पुष्पा कुवँरले स्वास्थ्यकर्मीले लगाउने पीपीइ आफै लगाएर पोज दिएर फोटो खिचाएकी छिन् । उनले सो फोटो गर्वका साथ फेसबुकमा ‘आज दिनभरको व्यस्तता, सन्दर्भ कोरोनाविरुद्धको’ भन्दै पीपीइ लगाएको फोटो पोष्ट गरेकी छिन् ।

राप्ती नगरपालिकाले आइतबार बल्ल बल्ल २० पिस पीपीइ प्राप्त गरेको थियो । नगरपालिकाकी प्रमुख प्रभा बरालले कुनै पनि जनप्रतिनिधिलाई पीपीइ लगाउन नदिएको बताइन् । उनले नारायणी अनलाइनसंग भनिन्–‘स्वास्थ्यकमीलाई उपलब्ध गराउन हामीलाई गाह्रो भइरहेको बेला जनप्रतिनिधिलाई कसरी दिनु, उहाँलाई हामीले दिएका छैनौं, कसरी लगाउनु भयो, मैले पनि थाहा पाए ।’

नगरपालिका प्रमुखले पीपीइ दुरुपयोग भएको स्वीकार गरिन् । स्वास्थ्यकर्मीले लगाउनुपर्ने पीपीइ तपाइ कसरी पाउनु भन्यो भनेर हामीले कुवँरलाई प्रश्न गर्‍यौं । उनको जवाफ थियो–‘म जहाँबाट पनि ल्याउन सक्छु, एउटा ल्याएर लगाएको हुँ, कसैले मलाई दिनुपर्दैन ।’ जनप्रतिनिधि कुवँरले आइतबार आफू दिनभर आफ्नो वडा नं.६ मा किटनाशक औषधि छर्नुपर्ने भएकोले पीपीइ लगाएर काम गरेको बताइन् । उनले भनिन्–‘मैले मात्र होइन अरु वडाकाले पनि लगाउनु भएको छ, पहिले आफू सुरक्षित हुनुपर्‍यो भन्ने सन्देश दिन खोजेको हुँ ।’

देशमा पीपीइ अभाव भएको भन्दै सुरक्षाकर्मीहरुले पहिले सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिरहेका छन् । तर सबै व्यवस्थापनमा खटेर स्वास्थ्यकर्मीलाई हौसला दिनुको साटो आफै अनावश्यक रुपमा पीपीइको दुरुपयोग गर्नु दुःखद हो ।

राप्ती नगरपालिकामा हाल एउटा अस्पताल र पाँच वटा स्वास्थ्य केन्द्र रहेका छन् । राप्ती नगरपालिकाले पिप्लेको बुद्धशान्ति अस्पतालमा २२ बेडको क्वारेनटाइन निर्माण गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>