अन्तर्राष्ट्रिय

कोरोनाका कारण दुई लाख अमेरिकीको ज्यान जान सक्ने चेतावनी

Banner

एजेन्सी,चैत १७-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि अपनाइएका निषेधात्मक उपायहरु कम्तिमा अप्रिल ३० सम्म लम्बिन सक्ने बताएका छन् । सामाजिक दूरीसहितका निषेधात्मक नियमहरु अमेरिकाभर बढाउने बारे तयारी भएको उनले उल्लेख गरेका हुन् । राष्ट्रपति ट्रम्पले आइतबार भनेका छन्, ‘अबको दुई हप्तामा कोरोना भाइरसका कारण उच्चदरमा मृत्यु हुने सम्भावना छ । त्यसैले हामीले संक्रमण रोकथामका उपायहरु बढाउने तयारी गरेका छौँ ।’

राष्ट्रपति ट्रम्पले गठन गरेको कोरोना भाइरस टास्क फोर्सका उच्च अधिकारी डा. एन्थोनी फाउकीले यसअघि कोरोना भाइरसका कारण दुई लाख अमेरिकीको ज्यान जान सक्ने चेतावनी दिएका थिए । डा.आउकीले दशौँ लाख अमेरिकी कोरोना भाइरसका कारण संक्रमति भएको र एकदेखि दुई लाखजनाको मृत्यु हुन सक्ने बताएका हुन् ।

अमेरिकामा अहिलेसम्म एक लाख ३९ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २४ सय ३६ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण सबै भन्दा धेरैमा हुने देश अमेरिका हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>