समाज

बागलुङकी युवतीमा कोरोना पुष्टि भएपछि कुस्मा बजारमा छरियो किटनाशक औषधि

Banner

पर्वत,चैत १७-

कोरोना भाइरस (कोभिड १९)को सम्भावित संक्रमणबाट जोगिनको लागि पर्वत सदरमुकाम कुस्मा बजारमा किटनाशक औषधि ‘क्यालोरिन’ छर्किएको छ। बजार क्षेत्रमा जनघनत्व बढी हुने भएकोले कुस्मा बजारका चोक तथा सडकहरूमा दमकलको प्रयोग गरेर औषधि छर्किएको हो।

छिमेकी जिल्ला बागलुङकी युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सावधानीका लागि ‘क्यालोरिन’ छर्किएको नगरप्रमुख रामचन्द्र जोशीले बताए। ‘छिमेकी जिल्लाकै रिपोर्ट पोजेटिभ आएको अवस्थामा हामी बढी सचेत र सतर्क हुनुपर्ने अवस्था छ’ उनले भने, ‘सतर्कताका लागि नगरपालिकाले सबै काम गर्न तयार छ। हामीहरू कहिँनेर पनि कमजोर बन्न नहुने अवस्था छ।’ कुस्मा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा प्रहरी परिचालन गरेर औषधि छरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>