अन्तर्राष्ट्रिय
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको सङ्ख्या एक हजार ५०० पुग्यो
०

एजेन्सी,चैत १६-
विश्वव्यापीरूपमा फैलिएको कोरोनाभाइरसका कारण संक्रमितको सङ्ख्या पाकिस्तानमा एक हजार ५०० पुगेको छ ।अधिकारीहरूले दिएको शनिवारसम्मको तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
एउटै देशमा सङ्क्रमित हुने र मृत्यु हुनेको यो सङ्ख्या दक्षिण एसियामै सबैभन्दा धेरै भएको अन्तर्राष्ट्रिय संगठनहरुले बताएका छन् । पाकिस्तानको पन्जावमा सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन । पन्जावमा अहिलेसम्म ४६९ जना व्यक्तिलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।
मृत्यु हुनेको सङ्ख्या भने सिन्ध प्रान्तमा सबैभन्दा धेरै रहेको अधिकारीले बताएका छन् । पकिस्तानमा कोरोनाभाइरसको सङ्क्रमणको पुुष्टि फेब्रुवरी २६ मा भएको थियो ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























