Breaking News

सरकारद्धारा राहत प्याकेज घोषणाः खाद्यान्न,विद्युत महशुलदेखि घरभाडासम्म

Banner

काठमाडौं,चैत १६-

मन्त्रिपरिषद्ले आइतबार साँझ कोरोना भाइरस संक्रमको जोखिमका कारण लक डाउन अवधि आठ दिनलाई थप्ने निर्णय गरेको छ। त्यस्तै सरकारले विपन्न परिवार र प्रत्यक्ष असर पर्नेका लागि राहतको घोषणा पनि गरेको छ। अब चैत २५ गते मध्यरातसम्म लक डाउन अवधि कायम रहेको छ।

अन्तर्राष्ट्रिय आवागमन वैशाख ३ गतेसम्म स्थगन गर्ने निर्णय पनि सरकारले गरेको छ। ढुवानी सुचारु रहने निर्णय पनि सरकारले गरेको छ। स्थानीय क्षेत्रले नै राहत दिनुपर्ने परिवार पहिचान गरेर वडामार्फत विपन्न परिवारलाई राहत दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। सरकारले चैत महिनाको घरभाडा नलिन घरधनीहरुलाई आग्रह पनि गरेको छ। रोजगारदातालाई चैत महिनाको तलब पूर्ववत भुक्तानी दिन पनि आग्रह गरेको छ।

त्यस्तै, दूरसञ्चारले इन्टरनेट र डाटामा २५ प्रतिशत छुट र विद्युतमा २५ प्रतिशत छुट दिने निर्णय पनि गरेको छ। औषधिहरु तथा अन्य उपकरण किन्न स्वास्थ्य मन्त्रालयलाई थप बजेट विनियोजन गरेको छ। क्वारेन्टाइनमा राखेको खानाखर्च स्थानीय तहले तिर्ने निर्णय पनि सरकारले गरेको छ।

स्वास्थ्य क्षेत्रमा काम गर्नेका लागि २५ लाखसम्मको निशुल्क बिमा पनि सरकारले गरेको छ। निजी विद्यालयले चैतको शुल्क नलिने निर्णय पनि सरकारले गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>