अन्तर्राष्ट्रिय

कोरोना कहरः रेलको लिकमा गएर जर्मनीका अर्थमन्त्रीले आत्महत्या गरे

Banner

एजेन्सी,चैत १६-

कोरोना भाइरसबाट उच्च रुपमा संक्रमितमध्येको एक युरोपेली मुलुक जर्मनीका एक मन्त्रीले आत्महत्या गरेका छन् । कोरोना भाइरसका कारण सिर्जित आर्थिक संकटकाबीच जर्मनीको हेसे राज्यका अर्थमन्त्री थोमस स्याफरले शनिबार आत्महत्याको बाटो रोजेका हुन् । जर्मनीका समाचार संस्थाहरुका अनुसार, अर्थमन्त्री स्याफर कोरोना भाइरसका कारण उल्लेखनीय रुपमा चिन्तित बनेका थिए । जर्मन समाचार संस्था डच वेलेले भनेको छ, ‘कोरोना भाइरसका कारण सिर्जित संकटका बीच आर्थिक सहयोगबारे जानकारी गराउन उनी सार्वजनिक रुपमा देखिने गरेका थिए ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>