चितवन विशेष

चितवनमा प्रहरीको उदाहरणीय कार्यः लामोदुरीका पैदलयात्रीहरुलाई खाजा खुवाउँदै

Banner

चितवन, चैत १६–

प्रहरीलाई नागरिकले हेर्ने दृष्टिकोण प्रायः नकरात्मक नै देखिन्छ । त्यही अवस्था देखेर प्रहरीले नागरिकसंग नजिक हुन ‘प्रहरी मेरो साथी’ अभियान नै चलायो । प्रहरीको यो अभियान अहिले सार्थक देखिएको छ । अहिले देश लकडाउन भएको अवस्थामा कतिपय यात्रुहरु जोखिम मोलेरै हिडेर नै आफ्नो गन्तव्यमा पुगी रहेका छन् ।

त्यसरी हिड्नेहरु कतिपयले पानी समेत खान नपाएको गुनासो गरेको छ । अवस्था अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवन र वडा प्रहरी कार्यालय नारायणगढले फरक अभियान चलाएको छ । नारायणगढस्थित पुलचोकमा स्थापना गरिएको नागरिक सहायता कक्षमा प्रहरीले हिडेरै आफ्नो गन्तव्यमा पुगी रहेका यात्रुहरुलाई खाजाको व्यवस्था गरेको छ । आज (आइतबार)देखि प्रहरीले लकडाउनको प्रभावका कारण लामो यात्रा गरी चितवन प्रवेश गर्ने पैदयात्री या ज्याला मजदुरी गर्ने गरिब यात्रीहरुलाई खाजा नास्ता खुवाउन थालेको हो ।

यस कार्यको नेतृत्व गरेका वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीले भने–‘हामी नागरिक सहायता कक्षमा बसिरहँदा धेरै पैदलयात्रुहरु चार दिनदेखि हिडेर आएको पायौं, उनीहरुलाई निकै थकित भोकाएको देख्या यो सानो अभियान थालनी गरेका हौं ।’ उनले समाजसेवी व्यक्तिहरुको सहयोगमा यो अभियान चलाउन सफल भएको बताए ।

नागरिक सहायता कक्षमा यात्रुहरुका लागि हात धुनका लागि साबुन पानीको समेत व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>