चितवन विशेष

भरतपुर अस्पताललाई रत्ननगर रोटरीले दियो पीपीइलगायतका सामग्री

Banner

चितवन, चैत १६–

रोटरी क्लब अफ रत्ननगरले भरतपुर अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्दा स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ)लगाएतका आवश्यक सामग्रीहरु सहयोग गरेको छ । चिकित्सकलाई उपचारमा सहज होस् भनेर क्लबले ५० थान पीपीइ र १ सय ५० थान ग्लोब्स उपलव्ध गराएको हो ।

क्लबका अध्यक्ष बिपिन पोख्र्रेलले आज (आइतबार) अस्पतालमा आयोजित कार्यक्रममा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई ती सामाग्री हस्तान्तरण गरेका हुन् । सामाग्री ग्रहण गर्दै तिवारीले चिकित्सक, स्वास्थ्यकर्मीको स्वास्थ्यमा ध्यान दिएर गरिएको सहयोग प्रति खुशी व्यक्त गरे । आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गर्दै यसले चिकित्सक स्वास्थ्यकर्मीहरुलाई काममा सहयोग पुग्ने बताए । भरतपुर अस्पतालमा चिकित्सक स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्दा प्रयोग गर्ने सुरक्षित पोशाकहरु नहुँदा समस्या परिरहेका बेला रोटरीले सहयोग गरेको हो ।

अध्यक्ष पोख्रेलले बिरामीको उपचारमा तल्लिन चिकित्सकहरु समेत संक्रमणको जोखीममा पर्न सक्ने भन्दै सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो । आगामी दिनहरुमा पनि सहयोग गर्ने रोटरीले प्रतिवद्धता जनाएको छ । क्लबले रु २ लाख ५० हजार बराबरको सामग्री काठमाडौंमा खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको हो । अस्पतालमा हाल यस्ता अत्यावश्यक सामग्रीहरुको अभाब रहेको छ ।

क्लबले यस अघि गाउँघरमा सेनिटाईजर वितरण, भरतपुर अस्पतालमानै बच्चाको सघन उपचार कक्षमा सहयोग हुने गरेर सामग्री, रोटरी पुस्तकालय, शहीद स्मृति पुस्तकालय, लटौली खाजा तथा लघुबित्त कार्यक्रमको सञ्चालन, रोटरी सार्वजनिक शौचालय निर्माण, बृहत रक्तदान कार्यक्रम जस्ता सामाजिक काम गर्दै आएको छ । क्लबले सौराहामा पर्यटकको आगमनलाई लक्षित गर्दै रोटरी घण्टाघरको निर्माणको कामलाई तिब्र बनाएको क्लबका निवर्तमान अध्यक्ष जनक पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>