Breaking News

अष्ट्रेलियामा ८ नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण,७ जना क्वारेन्टाइनमा

Banner

काठमाडौं,चैत १६-

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा रहेका नेपालीहरु पनि जोखिममा परेका छन्। यसैबीच अध्ययनका क्रममा अष्ट्रेलियामा रहेका ८ जना नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ।

अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले हालसम्म अष्ट्रेलियमामा ८ जना नेपाली विद्यार्थी कोरोनाबाट संक्रमित भएकामा एक जना निको भएको र बाँकी ७ जना क्वारेन्टाइनमा रहेको जनाएको छ। संसारभर तीब्र गतिमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा हालसम्म १६ जनाको मृत्यु भएको छ भने ८ हजार ३ सय ९५ जना संक्रमित भएको पुष्टि भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>