समाज
चीनबाट आएको स्वास्थ्य सामग्री सेनाको हेलिकोप्टरबाट सातै प्रदेशमा लगिने

चितवन,चैत १६-
चीनबाट साढे १२ टन स्वास्थ्य सामग्रीसहित नेपाल वायु सेवा निगमको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। चीनले दिएका विभिन्न १९ थरी स्वास्थ्य सामग्रीको पहिलो लट लिएर एयर बस ए ३३० जहाज बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमाअवतरण गरेको हो। पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार नेपाल एयरलाइन्सको वाइडबडी जहाज स्वास्थ्य सामग्री लिएर आइतबार बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको हो।
चीनको ग्वान्जओबाट १२।६६ टन अत्यावश्यक औषधि र अन्य स्वास्थ्य उपकरणसहित विमान नेपाल आइपुगेको हो। स्वास्थ्य मन्त्रालयले माग गरेका स्वास्थ्य सामग्रीहरूको पहिलो लट चीनबाट आइपुगेका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मन्त्रालयले अर्डर गरेका विभिन्न १९ थरी स्वास्थ्य सामग्री सेनाको हेलिकोप्टरबाट सातै प्रदेशमा वितरण गरिँदैछ। ती सामग्री आइतवारबाटै देशका सातै प्रदेशमा हेलिकोप्टरले ओसार्ने भएका हुन्।



























