अन्तर्राष्ट्रिय

चीनको फलो गर्दै अमेरिका,न्यूयोर्क ‘लकडाउन’गर्ने तयारीमा

Banner

एजेन्सी,चैत १६-

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको राज्य न्यूयोर्कमा क्वारेन्टाइन लागु गर्नेबारे विचार गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । संक्रमण कम गर्नका लागि क्वारेन्टाइन उपयुक्त विकल्प हुनेबारे विचार भइरहेको उनले उल्लेख गरेका हुन् । राष्ट्रपति ट्रम्पले पत्रकारसँग भनेका छन्, ‘न्यूयोर्क संक्रमणको हटस्पट भएकाले यहाँ क्वारेन्टाइन लागु हुन सक्ने छ । मैले यसबारे सोचिरहेको छु ।’

अमेरिकाको न्यूयोर्कमा मात्रै कोरोना भाइरसका कारण हुने कोभिड–१९ पुष्टि भएका ५२ हजार भन्दा बढी व्यक्ति छन् । अमेरिकामा अहिलेसम्म एक लाख २३ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तर न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले क्वारेन्टाइनको विकल्प निरर्धक, अमेरिकी विरोधी र युद्धको घोषणा हुने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>