अन्तर्राष्ट्रिय
इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
०

एजेन्सी,चेत १६-
कोरोना भाइरसको विश्वव्यापी महामारीले सबैभन्दा बढी प्रभावित भएको इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । गएको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका अधिकांश देशमा फैलिएको छ । यसमध्ये इटाली कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश हो । यहाँ धेरैको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा थप ८८९ जनाको मृत्यु भएपछि इटालीमा मृत्यु हुनेको कुल आँकडा १० हजार भन्दा माथि गएको हो । अहिलेसम्म कुल १० हजार २३ जनाको इटालीमा कोभिड–१९ का कारण मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























