Breaking News

अपडेटः कतार एयरवेजबाट आएका चितवनका पाँच जनाकै रिपोर्ट नेगेटिभ

०
Banner

चितवन, चैत १५–

कतार एयरवेजबाट आएकी कोराना सक्रमित युवतीसंगै आएका चितवनका पाँच जनाकै कोरोना भाइरस (कोभिड–१९) रिपोर्ट नेगेटिभ आएको छ ।

भरतपुर कोरोना विशेष अस्पतालले पठाएको नमुना आज टेक प्रयोगशालामा परीक्षण हुँदा पाँच जनाकै रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए ।

कोरोना संक्रमित युवतीसंगै एउटै जहाजमा आएका भरतपुर महानगरपालिका–८ का भुवन कोइराला, उनकी श्रीमती सञ्जु कोइराला, भतपुरका सुरेश गुरुङ, शम्भु नेपाली र उनकी श्रीमतीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको डा.अधिकारीले जानकारी दिए । चितवन प्रशासनको आग्रहमा उनीहरु कोरोना अस्पताल पुगेका थिए । यस्तै भरतपुर कोरोना अस्पतालबाट पठाइएको अन्य ६ जनाको कोरोना परीक्षण रिपोर्ट समेत नेगेटिभ आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>