Breaking News
कोरोनाको कहर : ज्यान गुमाउनेको संख्या २७ हजार ३ सय पुग्यो, ५ लाख ९६ हजार २१ जना संक्रमित

काठमाडौं, चैत १५-
कोरोना भाइरसको संक्रमण विश्वमा १९९ देशमा पुगेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या २७ हजार ३ सय ४१ पुगेको छ ।
कोरोनाबाट ५ लाख ९६ हजार २१ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ३३ हजार ५७ जना उपचारपछि घर फर्किएका छन् ।
अहिले कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा पुगेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ३ हजार ७ सय ९८ पुगेको छ ।
अमेरिकामा १८ हजार ३ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने १ हजार ६ सय ९३ पुगेको छ । जसमा ३ सय ९८ नयाँ मृत्यु हुन् ।
इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्याले नयाँ उचाइ लिएको छ । शुक्रबार एकै दिन इटालीमा कोभिड–१९ का कारण ९ सयजना भन्दा बढीको ज्यान गएको हो ।
कोरोना भाइरसको महामारी फैलिय यता एकै दिन धेरैको ज्यान जाने दिन बनेको शुक्रबार इटालीमा ९१९ जनाको मृत्यु भएको हो । योसँगै इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको कुल संख्या ९ हजार १३४ पुगेको छ ।
























