अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्री बोरिस पनि कोरोना संक्रमित

Banner

बेलायत, चैत १४–

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बेलायती प्रधानमन्त्री बोरिस जोनसन समेत संक्रमित भएका छन् ।

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले शुक्रबार यसबारे पुष्टि गर्दै जोनसनमा सामान्य लक्षण देखिएको बताएको छ। उनी ‘सेल्फ आइसोलेसन’ मा बस्ने र त्यहीबाट सरकार सञ्चालन गर्ने डाउनिङ स्ट्रिटका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

इंगल्यान्डका मुख्य चिकित्सा अधिकारी प्रा. क्रिस व्हिटीको व्यक्तिगत सल्लाहपछि उनको परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>