Breaking News

खुशीको खबर ! चैत महिनाको विद्युत महसुलमा २० प्रशित छुट

Banner

काठमाडौं, चैत १४–

कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल अहिले लकडाउन छ । सबै मानिस घरमै बसेर दिन कटाइरहेका छन् । जसका कारण आर्थिक अवस्थामा समेत धक्का लागेको छ । यही अवस्थालाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणका ३८ लाख घरायसी ग्राहकलाई छुटको व्यवस्था गरेको छ । प्राधिकरणले घरायसी ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट दिने भएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा आज (शुक्रबार) मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्री पुनले कोरोना भाइरसको महामारी रोकथामका लागि सरकारद्वारा घोषित लकडाउनको समयमा धेरैको रोजगारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको बताए ।

नेपालमा १ मासिक १ सय ५० युनिटसम्म विद्युत खपत गर्नेको संख्या अधिक छ । कुल ३८ लाख घरासयी ग्राहकमध्ये झण्डै २७ लाखले १ सय ५० मेगावाटभन्दा कम बिजुली प्रयोग गर्दै आएका छन् ।
लकडाउनका कारण विद्युत खपतमा भारी गिरावट आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>