मकवानपुर

कोरोनाविरुद्ध लड्न हेटौंडाका सांसद बानियाँले पाँच लाख दिने

Banner

हेटौंडा, चैत १४–

नेपाली काँग्रेस वागमती प्रदेशका संसदीय दलका नेता तथा प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्नका लागि मकवानपुरका विभिन्न कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

आज (शुक्रबार) एक विज्ञप्ती जारी गर्दै सांसद बानियाँले मकवानपुरका तीन गाउँपालिकाको विपद् व्यवस्थपन कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । सांसद बानियाँले राक्सिराङ गाउँपालिकाले बैंक अफ काठमाडौं राक्सिराङ शाखामा स्थापना गरेको विपद् व्यवस्थापन कोषमा तत्काल दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । गाउँपालिकाले यस कोषमा स्वंम २५ लाख रुपैयाँ जम्मा गरि सकेको छ । यस गाउँपालिकामा विपन्न चेपाङ, दलित तथा तामाङसहितका जनजाति समुदायको बाहुल्यता रहेको छ । यस गाउँपालिकाले आर्थिक अवस्थालाई मध्यनजर गर्दै कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा र थप परीक्षणका लागि नेपाल सरकारले तोकेका अस्पताल जानुपरेमा प्रति बिरामी पाँच हजार रुपैयाँ दिने घोषणा गरि सकेको छ ।

यस्तै सांसद बानियाँले कैलाश गाउँपालिकालाई दुई लाख र मनहरी गाउँपालिकालाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

त्यस्तै सांसद बानियाँले वागमती प्रदेशभर विपन्न वर्ग, लोपोन्मुख बनकरीया, सिमान्तकृत चेपाङलगायत दैनिक श्रमगरी खाने असंगठित श्रमिक र जनजाति समुदायलाई लकडाउनमा माहामारीविरुद्ध लड्न भोकोपेटले नसक्ने भन्दै तत्काल अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराउन संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>