चितवन विशेष
भरतपुर कोरोना अस्पताललाई क्षेत्री समाजको मास्क सहयोग

चितवन, चैत १४–
भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई क्षेत्री समाज बैद्धिकनगर चितवनले एक हजार थान माक्स सहयोग गरेको छ । समाजका अध्यक्ष युवराज क्षेत्रीले अस्पतालकी संयोजक एवंम भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई कपडाको उच्च स्तरीय माक्स हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा महानगर प्रमुख दाहालले क्षेत्री समाजले गरेको सहयोग प्रति खुशी व्यक्त गरिन् । उनले यो सबैको साझा संस्था भएकाले सबैले सक्दो सहयोग गर्न आग्रह समेत गरिन् । माक्स हस्तान्तरण पछि समाजका अध्यक्ष क्षेत्रीले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । विपत्मा परेकाहरुलाई सहयोग गर्नु मानविय दायित्व भएका कारण आफूहरुले सहयोग गरेको र आउँदा दिनहरुमा पनि सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा अस्पतालका सदस्य सचिव डा. भोजराज अधिकारीले उपलव्ध भएका सामानहरु यहाँ आवश्यक भएको यही प्रयोग गर्ने र आवश्यकता भन्दा बढी भएमा जिल्लाका अन्य अस्पतालहरुमा सहयोग गर्ने जानकारी दिए ।
सो अवसरमा वागमती प्रदेश सभा सदस्य विजय सुबेदी, चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्र्रसाद भट्टराई, नीजि अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायणसिंह कुवँर, समाजसेवी डा. शारदा कुवँरलगाएतको उपस्थिति रहेको थियो ।
























