समाज

लकडाउनको अटेरी गर्ने ५० जना प्रहरी नियन्त्रणमा

Banner

दाङ,चैत १४–

कोरोना भाईरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनको उलंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । अटेरी गरेर सडकमा निस्कने, भिडाभाड गर्ने र सवारीका साधन चलाउनेलाई नियन्त्रणमा राखिएको छ ।

लकडाउनको दोस्रो दिन ९८ जना नियन्त्रणमा लिइएका व्यक्तिहरु मध्य ५० जनाले हिरासतमा रात बिताएका छन् । पक्राउ परेर छुटेका ४८ जना बालबालिका, जेष्ठ नागरिक, महिला र बिरामी परेका कारण उनिहरुलाई अब बाहिर ननिस्कने सर्तमा परिवारको जिम्मा लगाईएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालले जानकारी दिए । वडा प्रहरी कार्यालयमा ३९ जना र जिल्ला प्रहरी कार्यालयमा १५ जनालाई हिरासतमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>