समाचार
लकडाउनको चौथोदिन : नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाद्वारा घरभित्रै बस्न आग्रह
०

कलैया, चैत्र १४-
कोभिड –१९ को सम्भावित जोखिम आउन नदिन लगाइएको लकडाउन यहाँ प्रभावकारी देखिएको छ । चौथोदिन आज स्थानीयवासी घरभित्र बसी सो कोरोना भाइरस विरुद्ध लड्ने सरकारको आह्वानलाई साथ र सहयोग दिइरहेका छन् ।
तीनवटै सुरक्षा निकाय नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र नेपाली सेनाले लकडाउनको अनुगमन गरी घरबाहिर ननिस्कन आग्रह गर्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रवतmा गौतम मिश्रले जानकारी दिए ।
लकडाउनलाई अवज्ञा गर्न खोज्ने ५ जना र ४२ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको उनले बताए । जिल्लाका स्थानीय तहले कोरोना भाइरसका बारेका सचेतना, अन्यत्रबाट गाउँ आएकाको पहिचान र आवश्यक स्वास्थ्य परीक्षणमा सहयोग र समन्वय समेत गरिराखेका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























