समाचार
चीनमा तस्करी गरेर पुर्याएको सालकमा भेटियो कोरोनासँग मिल्दोजुल्दो जिवाणु
०

एजेन्सी, १४ चैत |
चीनमा तस्करी गरेर पु–याएको पेंगोलिनमा कोभिड–१९ सँग मेल खाने भाइरस भेटिएको पुष्टि भएको छ ।
तस्करी गर्दैगर्दा मलेसियाको क्वालालाम्पुरमा नियन्त्रणमा लिइएको सालकमा कोरोना भाइरससँग सम्बन्धित जिवाणु भेटिएको छ। सो सालक चीनतर्फ तस्करी गर्दै गरेको अवस्थामा समातेर जाँच गरिएको थियो । जाँचका क्रममा सालकको शरीरमा कोरोनासँग धेरै हदसम्म मिल्ने भाइरस भेटिएको बीबीसीले उल्लेख गरेको छ ।
सालक तस्करीमा गैह्रकानुनी भएपनि संसारभर यसको अवैध ओसारपसार हुने गरेको छ । चीनमा मासु र परम्परागत औषधीजन्य प्रयोजनका लागि तस्करले सालक लैजाने गर्छन् । अहिले निम्तिएको कोरोना विपत्तीजस्तै भविष्यमा निम्तिनसक्ने सम्भावित महामारी रोकथाम गर्न तत्काल वन्यजन्तुको तस्करी र कारोबार बन्द गर्न आग्रह भइरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























