Breaking News

भरतपुरमा कोरोनाको संक्रमण रोक्न डिसइन्फेक्सन छर्न सुरु (फोटोफिचर)

Banner

चितवन, चैत १४–

चितवनको भरतपुर महानगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न डिसइन्फेक्सन छर्न सुरु गरिएको छ । महानगरपालिकाले आज (शुक्रबार) विहानैदेखि नारायणगढ बजार क्षेत्रमा डिसइन्फेक्सन छर्न सुरु गरेको हो ।

आज लकाडाउनको चौथो दिनबाट महानगरले यो अभियान थालनी गरेको हो । महानगरपालिकाकी प्रमुख रेनु दाहालले संक्रमण हुन नदिनका लागि डिसइन्फेक्सन छर्न थालिएको नारायणी अनलाइनलाई जानकारी दिइन् । नगर प्रमुख दाहालले भनिन्–‘आजदेखि बजार क्षेत्रमा छर्न सुरु गरेका छौं, विस्तारै ग्रामीण भेगमा समेत छर्न सुरु गर्छौ ।’

नगर प्रमुख दाहालले अबदेखि हरेक दिन डिसइन्फेक्सन छर्ने काम गरिने बताइन् । भाइरसलाई मार्नका लागि पानीमा क्लोरिन मिसाएर डिसइन्फेक्सन तयार गरिन्छ । केहीदिन अघिदेखि काठमाडौं उपत्यकामा समेत डिसइन्फेक्सन छर्ने काम सुरु गरिएको छ । आज लकडाउनको चौथो चितवनका बजारहरु सुनसान छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>