अन्तर्राष्ट्रिय

बेलायतमा २१ वर्षीया युवतीको कोरोनाको संक्रमणबाट मृत्यु

Banner

एजेन्सी,चैत १४-

बेलायतमा कुनै पनि प्रकारको गम्भीर स्वास्थ्य समस्या नभएकी एक युवतीको कोरोनाभाइरसको संक्रमणपछि मृत्यु भएको उनको परिवारका सदस्यले दाबी गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवेल कोरोनाभाइरसको संक्रमण सबै उमेर समूहका व्यक्तिमा हुने भएपनि मृत्युको जोखिम पाको उमेर तथा गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिमा हुने अहिलेसम्मको तथ्यांकको विश्लेषणबाट देखिएको वैज्ञानिकले बताउने गरेका छन् ।

तर बेलायतको बकिंगघम शायरस्थित वीकोम्बीकी २१ वर्षे युवती क्लोइ मिडल्टनको कोरोनाभाइरसको संक्रमणपछि मृत्यु भएको हो । उनी कोभिड १९ का कारण बेलायतमा अहिलेसम्म मृत्यु हुनेमा कुनै पनि गम्भीर स्वास्थ्य समस्या नभएको कम उमेरको व्यक्ति रहेको बताइन्छ । क्लोइको मृत्यु मार्च २१ मा भएको हो ।

उनकी आमा डायन मिडल्टनले फेसबुकमा लेखेकी छन्, ‘जसले यो मात्रै भाइरस हो भन्ने सोच्नु भएको छ, कृपया एकपटक फेरि सोच्नु होला । व्यक्तिगत अनुभवबाट भन्दा यो भाइरस मात्र ठानिएको कोरोनाभाइरसका कारण मेरी २१ वर्षकी छोरीको निधन भयो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>